जानकी खबर । जेठ २७ जनकपुरधाम ।
प्रदेश २ मा नव नियुक्त नेपाली काँग्रेसका मन्त्रीहरुलाई प्रदेश प्रमुख राजेश झा अहिराजले बुधबार सपथ ग्रहण गराउनु भएको छ ।
मुख्यमन्त्री लालबाबु राउतले मन्त्री परिषदको विस्तार गर्नु भएको छ ।
बुधबार साझ नेपाली काँग्रेस बाट तीन जनालाई मुख्यमन्त्री राउतले मन्त्री नियुक्त गर्नु भएको हो ।
नव नियुक्त मन्त्रीहरुमा राम सरोज यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, ओम प्रकाश शर्मा खानेपानी तथा उर्जा विकास मन्त्रालय र विरेन्द्र प्रसाद सिंह महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय रहेको छ ।
नव नियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख राजेश झा अहिराजले बुधबार सपथ ग्रहण गराउनु भएको हो ।






