जानकी खबर । जेठ २६ जनकपुरधाम
कुराकानी गर्दा अरुको सम्मानमा आँच आउने प्रकारको कुरा गर्नु हुँदैन । अनावश्यक र असत्य हावा गफले मानिसलाई दुःख र समस्यामा पार्न सक्छ । कुरा गर्दा यो कुरालाई सधै ध्यान दिनु पर्छ । झुठो र असत्य कुराले सहि मान्छेलाई आहत पुग्ने गर्छ । अरुको नराम्रँ र असत्य कुरा गर्नेले आफ्नो बारेमा पनि यस्तै कुरा गर्न सक्छ भन्ने कुरा बिर्सन हुँदैन ।
जब दुई व्यक्तिबीच कुनै पनि कुराकानी हुन्छ, त्यो कुरा तेस्रोसम्म पुग्दा–पुग्दै तीलको पहाड बनिसकेको हुन्छ । त्यसकारण कुनै पनि कुरालाई जाँच नगरी यकिन गर्नु हुँदैन । कुराको जरासम्म पुग्ने प्रयास गर्नुपर्छ । श्रोतको विश्वसनियतालाई मूल्यांकन गर्नुपर्छ । धेरैसजो व्यक्तिहरु तपाईंको राम्रो सम्बन्ध नचाहने हुन सक्छन् । त्यसकारण एक–अर्काबीच फाटो ल्याएर आफ्नो फाइदा लिनेहरु धेरै हुन्छन्, उनीहरुसंग सचेत रहनुपर्छ ।
कुराकानी गर्ने क्रममा कहिलेकाहिं नयाँ नयाँ रहस्यहरु पनि खुल्ने गर्छन् । कसैको पनि निजी कुरालाई अरुसंग शेयर गर्नु मर्यादा विपरीत हो । आफ्नो साथीको रहस्य खोल्ने गल्ती गर्नु हुँदैन । विश्वसनियतालाई सदैव कायम राख्नुपर्छ ।
कुराकानी गर्दा सधैं सकारात्मक सोच राख्नुपर्छ । कसैको पिठ्युँ पछाडि उसको कुरा काट्ने गर्नु हुँदैन ।

