जानकी खबर ।जेठ २५
महोत्तरीमा डाकाले प्रहार गरेको गोली लागेर एक महिला गम्भीर घाइते भएकी छन् ।
गए राति महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका ६ बस्ने रामनारायण साहको घरमा डकैती भएको छ ।
लुटपाटको क्रममा डाकाले प्रहार गरेको गोली लागेर एक महिला गम्भीर घाइते भएकी छन् ।
डकैतीको क्रममा महिलाले गुहार लगाउँदा ५–६ जनाको समूहमा हतियारसहित आएका डाकाहरुले गोली प्रहार गरेका थिए ।
गोली प्रहारबाट रामनारायणकी श्रीमती ४५ वर्षीया गायत्री देवी गम्भीर घाइते भएको महोत्तरीका डीएसपी प्रकाश विष्टलले जानकारी दिनुभयो ।
दायाँ तिघ्रामा गोली लागेर गम्भीर घाइते गायत्रीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । उनी खतरा भन्दा बाहिर रहेको जनाइएको छ ।
लुटेराहरुले घरमा राखेको २५ हजार रुपैयाँ लागायत सुनको सबै गाहनाहरु लुटेर लगेका छन् । घटना बारे थप अनुसन्धान भइरहेको डएसपी विष्टले बताए ।

