जानकी खबर ।२४ जेठ, जनकपुधाम ।

  राष्ट्रको नाममा सम्बोधन गर्दै  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दीपावलीसम्म मुलुकका ८० करोड गरीब नागरिकहरुलाई निःशुल्क खाद्यान्न उपलब्ध गराउने घोषणा गरेका छन् ।

राष्ट्रको नाममा सम्बोधन गर्दै सोमबार मोदीले प्रधानमन्त्री गरीब कल्याण योजनाअनुसार दिइँदै आएको निःशुल्क रासनको समयावधि बढाउने घोषणा गरेका हुन् ।

‘प्रधानमन्त्री मोदीले सरकार यो महामारीमा गरीबको साथमा रहेको र हाम्रो ८० करोडभन्दा धेरै जनसंख्याले नोभेम्बरसम्म रासन पाउने तथा कसैले पनि भोकै सुत्नुनपर्ने बताए ।

यसअघि सन् २०२० को अक्टोबरमा मोदीले महामारीमा भारतले १५ खर्ब भारतीय रुपैयाँबराबरको रासन ८० करोड गरीब नागरिकहरुलाई निःशुल्क वितरण गरिने घोषणा गरेका थिए ।

एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *