जानकी खबर ।२४ जेठ, जनकपुरधाम ।
धनुषामा जेठ ३१ गते सम्मका लागि निषेधाज्ञा थप गारियेको छ।
जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञाको समयावधि थप गरेको हो।
प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले सोमबार जिल्लाभरि जेठ ३१ गते राति १२ बजेसम्मका लागि पाँचौ पटक निषेधाज्ञा थपिएको जानकारी दिनुभयो।

निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका बाहेक अन्य सबै सेवा बन्द रहने बताइएको छ ।

सरकारले हालै जारी गरेको कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई थप कडाइ गर्ने जनाएको छ ।

निषेधाज्ञा उलङ्घन गर्ने र अवरोध गर्नेलाई अध्यादेशमा भएको व्यवस्था अनुसार कारबाही गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइसकिएको प्रजिअ वास्तोलाले बताए ।

जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाभित्र कोभिड—१९ को नयाँ भेरियन्टको सङ्क्रमण दरमा सामान्य सुधार देखिए पनि सङक्रमणको जोखिम अझै कायम रहेकाले रोकथामका लागि निषेधाज्ञा थप गरिएको बता ।

यसअघि जिल्ला कोरोना सङ्क्रमण व्यवस्थापन समितिको बैठकले यही जेठ २४ गते अर्थात् आज राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *