जानकि खबर ।२४ जेठ, जनकपुरधाम ।
प्रदेश २ सरकारको भौतिक पूर्वाधार मन्त्रीबाट पदमुक्त भएका जितेन्द्र सोनलले मधेश र प्रदेशका जनताको हितमा काम गरिरहने बताएका छन् ।
मुख्यमन्त्री लालबाबु राउतको सिफारिसको आधारमा प्रदेश प्रमुख राजेश झाले आइतबार राति मन्त्री सोनलसहित राज्य मन्त्री डिम्पल झा, सामाजिक विकास राज्य मन्त्री अभिराम शर्मा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री सुरेश मण्डललाई पदमुक्त गरेका थिए ।
पदमुक्त भएपछि उनले सोमबार बिहान मधेश भवनभित्र रहेको मन्त्री निवास छाडेका छन् । एउटा सुटकेश बोकेर उनी बाहिरिएको तस्वीर सार्वजनिक भएको छ । सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै सोनलले आगामी दिनमा मधेश र प्रदेशका जनताको हितमा पुनरताजगीका साथ कार्य गरिरहने बताएका छन् ।
३ फागुन २०७४ देखि तत्कालीन राजपा संसदीय दलका नेता र भौतिक पूर्वाधार विकास मन्त्री हुँदा मधेशको भावना अनुसार काम गर्ने प्रयास गरेको उहाँले उल्लेखगर्नुभएको छ।
जसपाको महन्थ ठाकुरको निकट रहेको नेता सोनलले चढ्नै सबै सवारीसधान जिम्मा लगाएर आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यबाद दिँदै विदा भएका छन् ।
उनी मन्त्री हुँदा सबैमन्त्रीभन्दा बढी सरकारी सवारीसाधान प्रयोग गर्दै आएका थिए ।
Like our page :https://www.facebook.com/janakikhabar24/



