जानकी खबर।जेठ २३,जनकपुरधाम
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वाट बोल्न र सुन्ननसक्ने एक युवक बिगत १८ दिन देखि लापता रहेकोे छ ।
क्षिरेश्वरनाथ नगरपालिका वडा ४ सखुवा चन्द्रपुर निवासी ३२ वर्षीय बिष्णु महरा लापता भएको हो ।
उहाँ गत जेठ ५ गते रति लगभग ८ बजे सखुवा बजार बाटै लापता भएको बिष्णुको कान्छो भाई संजयकुमार रामले जानकी खबरलाई बाताए ।
बिष्णुको कान्छो भाई संजयले दाई लापता भएको विषयमा महेन्द्रनगर थनामा रिपोर्ट गरेको बताए । यता १८ दिन बित्दा पनि दाईको कुनै पाता चल्न नसक्दा परिवारका सद्स्यहरु पिरामा रहेको भन्दै संजयले दुख: वयक्त गरे ।
लापता बिष्णुको परिवारमा उनी वाहेक उनको आमा ,१ भाई,श्रीमती र २ छोरीहरु राहेका छन् ।
बिष्णुको परिवारले बिष्णुलाई खोजनमा सहयोग गर्न सबैसंगअग्रह गरेका छन् ।


