जनकी खबर ।जेठ २१-जनकपुरधाम
शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला अधिकतम १५ सय रुपैयाँले घट्दै ९३ हजार ४०० रुपैयाँ कायम भएको छ ।
गत बिहीबार सुन प्रतितोला अधिकतम ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघले चाँदीको मूल्यमा समेत अधिकतम ३५ रुपैयाँले गिरावट आएको बताएको छ। गत बिहीबार बजारमा प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३४० रुपैयाँमा झरेको हो ।


