तस्वीर :सामाजिक संजाल
जनकी खबर ।जेठ २० जनकपुरधाम ।
पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहले कोरोनको संक्रमण भएपछी आफ्नो स्वास्थ्यलाई लिएर चिन्ता लिने सबैलाई धन्यवाद दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले ‘हाम्रो स्वास्थ्यबारे चिन्ता र चासोका साथ शुभकामना दिनुहुने देशभित्र र बाहिर रहेका सबै नेपालीहरुप्रति आभार व्यक्त गर्नुभएको छ ।
पूर्वराजा शाहले महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी तथा सामाजिक कार्यकर्तालाई समेतलाई धन्यवाद दिएका छन् । उनले आफूहरु पूर्ण स्वास्थ्य लाभ लिइरहेको र देश बाहिर र भित्रको अवस्थाप्रति निकै चिन्तित रहेको बताएका छन् ।
पूर्वराजा शाह र उनकी पत्नीले आफ्नो स्वास्थ्यलाई लिएर चासो र चिन्ता लिने सबैलाई धन्यवाद दिएका छन् ।
कोरोना महामारीलाई नियन्त्रण गर्नको लागि हाम्रो आफ्नै संकल्प र बाह्य सहयोगको खाँचो पर्ने उनको भनाइ छ । पूर्वराजा शाहले सबैलाई सुरक्षित, सावधान र स्वस्थ रहन आग्रह गर्दै उपचारको क्रममा रहेका सबै नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्, महामारीबाट जीवन गुमाउनेहरुप्रति चीर शान्तिको कामना गरेका छन् ।
गत अप्रिलमा भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएपछि पूर्वराजा र पूर्वरानीलाई कोरोना संक्रमण भएको थियो ।

