जनकी खबर ।जेठ १३

बुधबार राति चन्द्रमा अरू पूर्णिमाको रातभन्दा फरक थियो। नेपालबाट त्यसको अवलोकन गर्न नसकिए पनि संसारका धेरै ठाउँबाट ‘सुपर ब्लड मुन’ देखिएको थियो।

अरू बेलाभन्दा पृथ्वीको नजिक आएको पूर्णिमाको चन्द्रमामा ग्रहण लाग्दा यो रगतजस्तै रातो भएको थियो।

पूर्णिमाको बेला चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक हुँदा परे हामीले सुपर मुन भन्छौं र टाढा भयो भने माइक्रो मुन भन्छौं। र विदेशी मिडियाले सुपर ब्लड मुन भन्नुको कारणचाहिँ एकैदिन पूर्णिमा पर्नू, सुपर मुन हुनु र ग्रहण लाग्नाले पनि हो ।

बुधबार राति चन्द्रमा पृथ्वीभन्दा  करिब ३ लाख ५७ हजार ३११ किलोमिटर टाढा थियो। सुपर मुन हुँदा माइक्रो मुनभन्दा १४ प्रतिशत ठूलो र ३० प्रतिशत बढी उज्यालो देखिन्छ।

द गार्डियनका अनुसार उत्तर अमेरिका, दक्षिण अमेरिका र पूर्वी एसियामा सुपर ब्लड मुन देखिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *