जनकी खबर । जेठ १८ जनकपुरधाम
जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पनि पार्टीबाट निकालेको छ ।
पउपेन्द्र यादवलाई निष्कासनको निर्णय भएको छ ।
यादव पक्षले ठाकुरसहित चार नेतालाई निष्कासनको निर्णय केही घण्टा अगाडि गरेका थिए । लगत्तै, ठाकुर पक्षको बैठकबाट यादवलाई पनि साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निकालेको हो ।
मंगलबार दिउँसो यादवले ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गरेका थिए ।
यादवले ठाकुर पक्षका चार नेतालाई निष्कासन गरेको केही घन्टा पछि ठाकुर पक्षले पनि यादवलाई निष्कासन गर्ने निर्णय गारेको हो ।

