जनकी खबर ।जेठ १८

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निस्कासन गरेको छ ।

पार्टीभित्र विवाद चरम उत्कर्षमा पुगेपछि उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्लालाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण दिन जेठ १५ गते पत्र पठाएका थिए । तर तीन दिन बित्दासम्म स्पष्टीकरणको जवाफ आएको थिएन ।

 उपेन्द्र यादवको अध्यक्षमा बहुमत केन्द्रीय कार्यसमितिको  सोमबारको बैठकले  अध्यक्ष   महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो,  लक्ष्मण लाल कर्ण र शर्वेन्द्रनाथ शुक्ललाई विधान अनुसार कारबाही प्रक्रिया थाल्ने निर्णय गरेको हो ।

यादव पक्षले यसबारे निर्वाचन आयोगलाई पनि जानकारी गराइसकेको छ ।

यसअघि जेठ ८ गते बसेको कार्यकारिणी समितिको बैठकले कारबाहीसम्बन्धी निर्णय लिने सम्पूर्ण अधिकार अध्यक्ष यादवलाई दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *