जनकी खबर ।जेठ १६
जनकपुरधाम- पछिल्लो २४ घण्टामा थप ४,३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कोभिड–१९ संक्रमण बाट १०९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्यांकअनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा कोरोन भाइरस संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार २०५ रहेको छ ।
परीक्षणको संख्यामा कमी गरेसँगै पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्यामा कमी देखिएको हो । नेपालमा आज पनि परीक्षण गरेकोमा संक्रमणको दर ३४ प्रतिशतभन्दा माथि देखिएको छ । यसअघि दैनिक २० हजारमाथि परीक्षण हुँदै आएकोमा आइतबार यो संख्या १२ हजार ७७० मात्र रहेको छ ।

