जनकी खबर ।जेठ १६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय प्रणाली र दलीय व्यवस्थामा विश्वमै कतै नहुने घटना नेपालमा भइरहेको बताउनुभयो।
आइतबार तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा उहाँले यासतो बताउनु भएको हो ।
प्रधानमन्त्री ओलीले पार्टीभित्रैका नेताबाट देशको लागि अनिष्ट हुने काम भइरहेको दाबी गर्नुभयो ।
उनले नेता माधवकुमार नेपालप्रति इंगित गर्दै नेतृत्व नै धमिलो भएपछि कार्यकर्तामा प्रभाव पर्नु स्वभाविक भएको टिप्पणी गरे ।
नेताहरुले पार्टी अनुशासन नमान्ने र पार्टी फोड्ने, पार्टीका विरुद्ध अर्कै उम्मेदवार उठाउने जस्ता दुनियाँको कुनै इतिहासमा नभएको घटना नेपालमा भएको उनले बताए । आफ्नो सरकार ढाल्नका लागि विश्वासको मत नदिएर बाहिर बस्नु र अर्को सरकार बनाउन कसरत गर्नु दलीय अनुशासन, मर्यादा र संसदीय प्रणालीविरुद्ध भएको प्रधानमन्त्रीले बताए ।
प्रधानमन्त्री ओलीले संवैधानिक र कानूनी हिसाबले राज्यका सबै अंगमा महिलाको ३३ प्रतिशत सुनिश्चितताको उपलब्धि प्राप्त भए पनि कतिपयलाई यही उपलब्धि चित्त नबुझेको टिप्पणी गर्नुभयो।
उहाँले राजनीतिक स्वतन्त्रतासँग सामाजिक न्याय र समानता भएपछि मात्रै लोकतान्त्रिक समाजको निर्माण सम्भाव हुने बताए ।


