जानकी खबर । जेठ १५

जनकपुरधाम : जनकपुरधामको ऐतिहासिक कुपेश्वरनाथ महादेवमन्दिरको प्राचिन मूर्तिहरु चोरी भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा १२ स्थित कुवारामपुरमा रहेको कुपेश्वरनाथ महादेव मन्दिरमा गएराति २ वटा प्राचिन मूर्ति र दान पेटिका भित्रको रकम लगायत केहि अन्य सामनाहरु चोरेर लगेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

उहाँले घटनाबारे थप अनुसन्धान भइरहेको बताए । 

शुक्रबार राति अविरल वर्षा भएको र मन्दिरमा कोही नरहेको मौका छोपी मन्दिरको मुलद्वारको ताल्चा तोडी चोरी भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *