
Amazon corporate office building in Sunnyvale, California
जनकी खबर ।१३ जेठ
अमेजनले ८ अर्ब ४५ करोड डलरमा हलिउडको ऐतिहासिक एमजिएम स्टुडियो खरीद गर्ने भएको छ ।
इ कमर्श कम्पनी अमेजनले हलिउडको सर्वाधिक चर्चित सम लाइक इट हट तथा सिंगिङ इन रेन जस्ता विभिन्न क्लालिस फिल्महरु निर्माण गरेको ९७ वर्षअघि स्थापित ऐतिहासिक एमजिएम स्टुडियो खरीद गर्ने भएको हो ।
सो खरीद पश्चात् अमेजनको प्राइभ स्ट्रिमिंग सर्भिसले उक्त स्टुडियोसँग रहेका ठूलो परिमाणका सामाग्रीहरुको स्वामित्व प्राप्त गर्नेछ ।
यो खरीदसँगै अमेजनले आफ्नो प्राइम भिडियोमा जेम्स बोन्ड तथा लिगल्ली बोल्ड लगायतका विभिन्न ४ हजार वटा हलिउड फिल्मका साथै ह्याण्डमेड टेल टिभी सिरिज लगायत १७ हजार भन्दा बडि टेलिभिजन शोहरु थप गर्नेछ ।
अमेजनको प्राइम भिडियो तथा अमेजन स्टुडियोजका वरिष्ठ उपाध्यक्ष माइक हप्किन्सले ‘यस सम्झौताको वास्तविक वित्तिय मूल्य भनेको यसको गहन तथा व्यापक बौद्धिक सम्पत्तिको खजाना हो जसलाई एमजिएमको प्रतिभाशाली समूहसँग मिलेर पुनर्कल्पना तथा विकास गर्ने हाम्रो योजना रहेको बताउनुभयो ।
यसअघि सन् २०१७ मा अमेजनले १३ अर्ब ७० करोड डलरमा ग्रोसरी चेन होल फुड्स मार्केट खरीद गरेको थियो ।
एमजिएम स्टुडियोजको मातृ कम्पनी एमजिएम होल्डिंग्सले गत वर्षदेखि नै स्टुडियो बिक्री गर्न प्रयास गरिरहेको थियो । एमजिएम स्टुडियो सन् १९२४ मा स्थापना भएको हो ।
BBC


