जानकी खबर ।१३ जेठ
जनकपुरधाम – कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भिक्टोरिया राज्य सरकारले लकडाउनको घोषणा गरेको छ ।
भिक्टोरियामा कोरोनाका २६ नयाँ संक्रमित फेला परेका छन् ।
अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बिहीबार मध्यरातिबाट लागू हुने गरी एक साता लकडाउन घोषणा गरिएको हो ।
गत वर्ष पनि भिक्टोरियामा कोरोना संक्रमण रोक्न निकै कडा लकडाउन लागू गरिएको थियो ।
स्रोत :एजेन्सी


