जानकी खबर ।१३ जेठ

थाइल्याण्डमा कोरोना भाइरस संक्रमित पत्ता लगाउन कुकुर परिचालन गरिएको छ ।

थाइल्याण्डको सरकारले कोभिड १९ संक्रमित मानिस तत्कालै पत्ता लगाउन  ६ वटा लाव्राडोर कुकुर परिचालन सुल गरेको हो ।

संक्रमितको शरीरबाट आउने पसिमा हुने विशेष खालको गन्ध पहिचान गर्न सकिने क्षमता भएका ती कुकुरहरुलाई बैंकक चुलालोंकोर्न विश्वविद्यालयको पशुस्वास्थ्य विभागमा तालिम दिइएको थियो ।

पछिल्लो समयमा कोरोना भाइरस संक्रमणको दर उच्च रुपमा बढेको र , भिडभाडयुक्त वस्ती तथा ठूला बजार क्षेत्रमा संक्रमितको संख्या उच्च  देखिएपछि सरकारले संक्रमितहरु छिटो भन्दा छिटो पत्ता लगाउन सकिने आशामा तालिमप्राप्त कुकुर परिचालन गरेका छन्  ।

संक्रमितको शरीरबाट आउने पसिमा हुने विशेष खालको गन्ध पहिचान गर्न सकिने क्षमता भएका ती कुकुरहरुलाई बैंकक चुलालोंकोर्न विश्वविद्यालयको पशुस्वास्थ्य विभागमा तालिम दिइएको थियो ।

शंकास्पद संक्रमित मानिसहरुको पसिनाको नमुना धातुको भाँडोमा राखेर कुकुरलाई सुँघ्न दिइन्छ र कुकुरले संक्रमित भएका र नभएका मानिसहरु छुट्टाउँदछ ।

गत मे १० यता यी कुकुरहरुले हालसम्म १ हजारभन्दा धेरै नमुनाहरू परीक्षण गरिसकेको बताइएको छ ।

विभिन्न  देशहरूले संक्रमण पता लगाउन विशेष  कुकुरहरुको प्रयोग गर्दै आयेका छन् ।
एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *