जनकी खबर ।१२ जेठ
विराटनगर -विराटनगरको एम्स अस्पतालले जनकपुरका १ बिरामीलाई उपचारका लागि १८ घण्टा राख्दा एक लाख ३६ हजारको बिल थमाएको छ ।
धनुसाको जनकपुरका ४४ वर्षीय बद्रीबहादुर मगरको शनिबार बेलुका साढे ८ बजे एम्समा भर्ना गरेका थिए । भोलिपल्ट दिउँसो २ बजे डिस्चार्ज गर्दा एक लाख ३६ हजारको बिल थमाएको बुहारी निशा मगरले बताइन् ।
राति साढे ८ बजे आफन्तले उनलाई विराटनगर अस्पताल चोकमा रहेको एम्स अस्पतालमा भर्ना गरे । उपचार महंगो भएको जानकारी पाएपछि उनीहरुले डिस्चार्ज मागे । तर डिस्चार्ज पेपरसँगै १ लाख १६ हजारको बिल दिएको बुहारी निशा मगरले बताइन् ।
‘आईसीयूमा राखेको थियो, भोलिपल्ट औषधि र बेड चार्जसहित एक लाख ३६ हजार तिर्न लगाए,।
मोरङ सहकारीमा पीसीआर परीक्षण गर्दा पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा राखिएको बुहारी निशाले भनिन्, ।
महङ्गो शुल्क लिएपछि आफन्तले जिल्ला प्रहरी कार्यालय मोरङमा ठगीको उजुरी गरेका छन् । उजुरी आएपछि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले बताउनुभ्यो।
यता, एम्स अस्पताल प्रशासनले भने ‘अघिल्लो दिन आएर उहाँ भेन्टिलेटरमा बस्नु भयो र ‘भोलिपल्ट जाँदा दुई दिनको हिसाब भयो ।’

