जनकी खबर ।१२ जेठ
भारतले भने -‘नेपालको वर्तमान राजनीतिक घटनाक्रम नेपालको आन्तरिक मामिला हो ।
नेपालको पछिल्लो घटनाक्रमबारे धेरै जिज्ञासा आएको भन्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्मद बागचीले नेपालको पछिल्लो घटनाक्रमलाई नोट गरेको उल्लेख गरेका छन् र उहाले ‘यो उनीहरुको घरेलु फ्रेमवर्क र प्रजातान्त्रिक प्रक्रियाद्वारा उनीहरुले नै समाधान गर्ने विषय हो ।’भनेका छन्,।
उनले जारी गरेको विज्ञप्तिमा , ‘नेपालको वर्तमान राजनीतिक घटनाक्रमलाई हामीले नोटमा लिएका छौं, हामीलाई लाग्छ कि, यी घटनाक्रम नेपालको आन्तरिक मामिला हो, यसलाई उनीहरुले आन्तरिक रुपमा र प्रजातान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ । एउटा छिमेकी र साथीको नाताले भारतले नेपाल र त्यहाँका जनताको प्रगति, शान्ति र स्थायित्वका लागि अटुट रुपमा सहयोग गरिरहन्छ ।’भनिएको छ।
उहाँले यी घटनाक्रम नेपालको आन्तरिक मामिला रहेको उल्लेख गर्नुभएको छ ।


