जानकी खबर । ११ जेठ

श्रृष्टी निषेधाज्ञाको समयमा सामाजिक संजालमा आफ्नो तस्वीर शेयर गर्दै मनको भावना पोखिरहेकी छिन् । उसो त, श्रृष्टीले सामाजिक संजालमा प्रकृतीसँग रमाइरहेका तस्वीर र भिडियो पनि शेयर गरेको देख्न सकिन्छ ।

श्रृष्टी, यो विशाल ब्रम्हाण्डमा सबैभन्दा पहिले आफूलाई नै प्रेम गर्नुपर्ने बताउँछिन् । उनले, तस्वीर शेयर गर्दै यो ब्रम्हाण्डमा सबैभन्दा पहिले आफ्नो प्रेमी, आफ्नो नायक आफै हुनुपर्ने र यसो गर्दा अरुलाई पनि अतुलनिय प्रेम दिन सकिने श्रृष्टीको तर्क छ ।

आफूले आफूलाई नै प्रेम गर्न नसकेको खण्डमा अरु मानिसहरुसँग प्रेम बाँड्न नसकिने श्रृष्टीको कथन छ ।

पहिलो चरणको लकडाउन अगाडि श्रृष्टी र सौगातले अभिनय गरेको चलचित्र ‘माइकल अधिकारी’ रिलिजको लागि तयार पनि भएको थियो । तर, कोरोनाका कारण चलचित्र रिलिज हुन पाएन ।

नायिका श्रृष्टी श्रेष्ठ निषेधाज्ञामा प्रेमी सौगात मल्लसँग समय बिताइरहेकी छिन् ।

सौगात र श्रृष्टी एकसाथ रहन थालेको लामो समय भैसकेको छ ।

तर आजसम्म उनीहरुले बिहेको बिषयमा भने केही पनि बोलेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *