जानकी खबर ।११ जेठ जनकपुरधाम । पछिल्लो २४ घण्टामा ८६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसै अब्धिमा भइरसका कारणले १६९ जनाको मृत्यु भएको छ । देशभरका प्रयोगशालामा २२ हजार ३०६ नमुनाको पीसीआर टेष्ट गर्दा ८३८७ र ६३० एन्टिजेन टेष्ट गर्दा २४९ जना गरी ८६३६ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म ५ लाख २८ हजार ८४८ संक्रमित भएका छन् । उनीहरुमध्ये ४ लाख ४ हजार ८८७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ६४०४ जना संक्रमणमुक्त भएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १८६३, कास्कीमा ५७८, ललितपुरमा ४२७, मोरङमा ४१७, कैलालीमा ३७५, काभ्रेपलाञ्चोकमा ३२८ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै सिन्धुपाल्चोकमा २७१, सुनसरीमा २६७, रूपन्देहीमा २२४, धादिङमा २०१, झापामा १८०, सर्लाहीमा १७३, दाङमा १५९, लमजुङ र सर्खेतमा १४४/ १४४ जना, रामेछापमा १४३, कञ्चनपुरमा १३०, गोरखामा १२१, चितवनमा ११९, धनुषामा ११७, धनकुटामा ११५, पर्वतमा ११२ र मकवानपुरमा १०३ जना संक्रमित थपिएका छन् ।
बाँकेमा ९५, अछाममा ९२, सप्तरीमा ८१, पाल्पामा ७७, सिन्धुलीमा ७५, नुवाकोटमा ६९,तनहुँमा ६८, नवलपरासी पूर्व र बर्दियामा ६५/६५ जना, रसुवामा ५९, बारामा ५८, दोलखामा ४९, दैलेखमा ३९,स्याङजा र बैतडीमा ३८/३८ जना, उदयपुरमा ३५, डडेलधुरामा ३३, पर्सामा ३१ र महोत्तरीमा ३० जना संक्रमित थपिएका छन् ।
९ वर्ष मुनिका १८३ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने १० देखि १९ वर्षमुनिका ६७६ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
यससंगै देशभर हालसम्म संक्रमणका कारण ६ हजार ७ सय जनाको मृत्यु भइसकेको छ ।

