काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई निष्काशन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्कालाई पार्टीबाटै निष्काशन गर्ने निर्णय गरेको हो ।

नेकपा एमालेले पार्टीको हीतविपरीत कार्य गरेको ठहर गर्दै वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका ११ जनालाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको एक स्थायी समिति सदस्यले बताए।

शनिबारको स्थायी कमिटीको निर्णयअनुसार  केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र काटेका थिए । तर ११ जनाले नै जवाफ नदिएपछि निष्काशनको निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *