जनकी खबर ।९ जेठ

ताप्लेजुङका १६ वर्षीय सोनाम शेर्पाले आफ्ना बाबुसँगै सगरमाथाको सफल आरोहण गरेका छन् । ताप्लेजुङको मैवाखोला गाउँपालिका ४ साँघु ताम्राङका १६ वर्षीय सोनाम शेर्पाले सगरमाथाको सफल आरोहण गरेका छन ।

आइतबार बिहान ८:५० बजे सोनाम र उनका बाबु पूर्णकुमार (पिके) शेर्पाले सफल आरोहण गरेको हिमालयन गाइड्स नेपाल ट्रेक एन्ड एक्सपिडिशन प्रालिका प्रबन्धक ईश्वरी पौडेलले जानकारी दिए ।

दुवै जना उक्त प्रालिमार्फत आरोहणका लागि गएका थिए । ‘फादर एण्ड सन क्लाइमेट चेन्ज क्याम्पेन एक्सपेडिशन २०२१’ नाम दिएर सोनाम आवश्यक तयारीका लागि एक महिनाअघि नै सगरमाथा बेस क्याम्प पुगेका थिए ।

पर्यटन विभागले समेत उनहरुले आरोहण गरेको सूचना आएको जनाएको छ । ‘पिके शेर्पा र उहाँका छोरा दुवैले आरोहण गरेको भन्ने बेस क्याम्प र त्यस माथिबाट हामीलाई सूचना आएको छ’, पर्वतारोहण विभागकी निर्देशक मीरा आचार्यले भनिन् । उनका अनुसार एक्सपेडिशन रिपोर्ट आएपछि विभागले छानविन गर्ने र आरोहण पुष्टि भए आधिकारिकता प्रदान गरिने छ ।

विसं २०६१ फागनु १५ गते जन्मिएका शेर्पाले गत चैत २६ गते मात्रै जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।

हालसम्‍म १३० भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *