जनकपुरधाम/फागुन १० गते ।जनकपुरधाममा दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत भएको सेमिफाईल खेलमा श्री गोगल प्रसाद मा.वि.बसैहिया र मदर टेरेसा विजय हुँदै फाईलनमा प्रवेश गरेका छन ।

पहिलो खेल सिद्धार्थ शिशु सदन र गोगल प्रसाद मा.वि बीच भएको थियो जसमा सिद्धार्थ शिशु सदन टस जितेर पहिला ब्याटिङको रोजेको थियो । ब्याटिङ सुरु गरेको सिद्धार्थ शिशु सदन खेलाडीहरु २० ओभरमा ५ विकेट गुमाएर १२१ रन बनाउदै प्रतिद्वन्द्वी टिमलाई जितको लागि १२२ रनको लक्ष्य दिएको थियो । सिद्धार्थ शिशु सदनको टिमका लागि आदित्य रोय ५४ बलमा ४२ रन र अनिस रोहिताले २४ बलमा ३१ रनको योगदान दिएको थियो ।

श्री गोगल प्रसाद मा.वि. को तर्फबाट लागि बलिङ गरेका सुमित साहले ४ ओभरमा १७ रन खर्चेर २ विकेट र शुभाष कापरले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिन सफल भएका थिए ।

खेलमा जवाफि ब्याटिङका लागि आएका गोगल प्रसाद मा.वि.का ब्याट्म्यनहरुले १९ ओभरमा ७ विकेट गुमाउँदै १२५ बनाएर ७ विकेटले खेल जित्न सफल भयो । गोगल प्रसाद मा.वि.का खेलाडीहरु मध्ये धिरज दास २० बलमा ३२ रन बनाए भने शुभाष कापर १० बलमा १३ रन बनाए । सिद्धार्थ शिशु सदनको टिमका लागि बलिङ गरेका अनिस रोहिताले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिन सफल भएको छ भने आयुष यादव पनि ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिन सफल भएको थियो । यस खेलको म्यान अफ दी म्याच गोगल प्रसाद मा.वि. को खेलाडी शुभाष कापर भएका थिए भने ट्रफी प्रदेश सभा सदस्य माननीय शेष नारायण यादव ज्यु द्वारा प्रदान गरेको थियो !

त्यस्तै दोस्रो खेल मदर टेरेशा स्कुल र मोनास्टिक स्कुल बीच भएको थियो जसमा मदर टेरेशा स्कुलले टस जितेर मोनास्टिक स्कुललाई ब्याटिङगको लागि आमन्त्रण गरेको थियो। ब्याटिङग सुरु गरेको मोनास्टिक स्कुलका खेलाडीहरु १९.२ ओभरमा अल आउट हुदै १११ रन बनाउदै प्रतिद्वन्द्वी टिमलाई जितको लागि ११२ रनको लक्ष्य दिएको थियो । मोनास्टिक स्कुलको टिमका लागि सन्तोष यादव २३ बलमा ३३ रन र सचिन राज साहले १० बलमा १८ रनको योगदान दिएको थियो ।

मदर टेरेशा स्कुलको तर्फबाट लागि बलिङ गरेका बजरंगी साहले ४ ओभरमा १० रन खर्चेर ४ विकेट र किशन साहले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिन सफल भएका थिए ।

खेलमा जवाफि ब्याटिङका लागि आएका मदर टेरेशा स्कुलका खेलाडीहरु १९.५ ओभरमा ८ विकेटको क्षतिमा ११३ रन बनाउदै २ विकेटले खेल जित्दै फाईनलमा प्रवेश गर्न सफल भयो । मदर टेरेशा स्कुलका खेलाडीहरु मध्ये फरान हुसेन २७ बलमा ५२ रन बनाए भने बजरंगी साहले २९ बलमा १९ रन बनाए ।  मोनास्टिक स्कुलको टिमको लागि बलिङ गरेका रोहित महतो ४ ओभरमा १० रन खर्चेर ५ विकेट लिन सफल भएका थिए भने नितेश यादव पनि ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिन सफल भएको थियो । यस खेलको म्यान अफ दी म्याच मदर टेरेशा स्कुलका खेलाडी फराहन हुसेन भएका थिए भने ट्रफी नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष राजेश कुमार कर्ण तथा मधेस मिडिया काउन्सिलका अध्यक्ष कैलाश दास ज्यु द्वारा सन्युक्त रुपमा प्रदान गरिएको थियो !

प्रतियोगितामा १६ वटा विद्यालयले भाग लिएका थिए । खेल आइसीसी मान्यता अनुसार भइरहेको छ भने यो प्रतियोगिता जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा प्रतियोगिता भईरहेको छ। फाइनल खेल गोगल प्रसाद मा.वि.र मदर टेरेसा स्कुल बीच फाल्गुन १२ गते शनिबार बिहान ११ बजे हुने आयोजकले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *