काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले सत्तामा टिकिरहने काम मात्रै गरेको बताएका छन् ।
शनिबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धनले सत्तादेखि सत्तासम्मको राजनीति मात्र गरेको टिप्पणी गरेका हुन् ।

सरकार बन्ने, बनाउने, टिकाउने त्यो भन्दा परतिर राजनीति नै भएन । देशको लागि केही गर्नुपर्छ भन्ने राजनीति नै भएन । यो गठबन्धनको राजनीति भनेको सत्तादेखि सत्तासम्म । सत्तामा पुग्ने र सत्तामा अडिने । त्यत्ति हो यसको राजनीति’ उनले भने ।
अध्यक्ष ओलीले अहिले रेमिट्यान्स बढेकामा सरकार खुशी भएको तर युवालाई विदेश जानबाट रोक्न नसकेको बताए ।
उनीहरुलाई रोक्ने होइन, त्यो रेमिटयान्सबाट सरकार आनन्द मानिरहेको छ । रेमिटयान्सबाट सरकार चलाउन पाइएको छ भनेर सरकार खुशी भएको हो । तर रेमिट्यान्सबाट देश चलाउने जस्तो घातक कुरा अरु केही हुन सक्दैन’ उनले भने ।
उनले सरकारले जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितका लागि केही काम गर्न नसकेको जिकिर गरे । ‘सिँगै हिउँद प्लाष्टिकमुनि मानिसहरु बसिरहेका छन् ।
अध्यक्ष ओलीले सरकारलाई सत्ताको दुरुपयोग गर्न नदिन एमाले सांसदहरूको भूमिका प्रभावकारी हुनुपर्ने धारणा राखे । संसदीय बैठक दुई दिनसम्म चल्ने एमालेले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *