जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८० को गैारवमय यात्रा जारी  छ । ऐतिहासिक महोत्सवको आज दोस्रो दिन हो। मधेस प्रदेशको उद्योग वाणिज्य मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका र मैथिली विकास कोषको संयुक्त आयोजनामा पाँच दिवसीय महोत्सवको  हिजो बिहीबार नै भव्य आरम्भ गरियो  ।
महेन्द्रनायारण निधि मिथिला संस्कृति केन्द्रमा बिहीबार  एक समारोहबीच पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले महोत्सवको उद्घाटन गर्नुभयो।
  मैथिली भाषा, साहित्य, कला, संस्कृति, अर्थ र पर्यटन प्रवर्द्धन विकासका निम्ति महोत्सवको आयोजना गरिएको मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले बताउनुभएको छ ।

महोत्सवको उद्घाटन समारोहमा प्रमुख प्रतिथि पूर्वप्रधानमन्त्री नेपालसहित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृृषेशचन्द्र लाल, नेकपा (एमाले)का सचिव योगेश भट्टराई, मधेस प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सुनिताकुमारी यादव, मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, वरिष्ठ साहित्यकार प्राध्यापक डा.राजेन्द्र विमललगायतका विशिष्ट व्यक्तिहरुको सहभागीता थियो  ।
पाँच दिवसीय महोत्सवमा विभिन्न विषयमा विमर्श हुनुका साथै सांस्कृतिक झाँकी, मिथिला चित्रकला कार्यशाला तथा प्रदर्शनी, बहुभाषिक नाटक, मिथिला भोजन तथा पुस्तक प्रदर्शनी, विद्यालयस्तरीय वक्तित्वकला प्रतियोगितासहित सांस्कृतिक कार्यक्रम हुनेछ । महोत्सवमा नेपाल र भारतका कलाकारले आठवटा नाटक प्रदर्शन गर्ने छन् । पहिलो दिन हिउँको पृथ्वी यात्रा, दोस्रो दिन तिनिता रङ्गीन, विरजु विल्टु आ बाबु तेस्रो दिन, मन मञ्च, काँट चौथो दिन, सामचको सामचको अविहा हे, दुःखहि जनम भेल र पाँचौँ दिन जोगाड् नाटक मञ्चन हुने तालिका छ ।
महोत्सवमा नेपाल-भारतका मिथिला क्षेत्रका रङ्गकर्मी तथा गायकको प्रस्तुति रहनेछ । कलाकारहरु रञ्जना झा, प्रिया मल्लिक, सुनिलकुमार मल्लिक, आभाष लाभ, नवीन मिश्र, पुनम मिश्र, प्रियाराज, ललित कामत, नेहा प्रियदर्शनी, अमर आनन्द, हरिशङ्कर चौधरी, रविराज साह, सुभाष विरपुरिया, जुली झा, रामनारायण ठाकुर, मोहित खण्डेवाल, हृदय रामयसहितको सहभागिता रहनेछ । नेपाल र भारतका विद्वान्, विदुषी, सामाजिक अभियन्ता, रङ्गकर्मी तथा राजनीतिकर्मीको सहभागिता रहने सो महोत्सवमा सङ्घीयता, भाषा नीति, साहित्यका विभिन्न विधा तथा समाजको वर्तमान अवस्थाप्रति मन्थन हुने कोषका अध्यक्ष चौधरीले बताउनुभएको छ ।
महोत्सवको पहिलो दिन बिहीबार ‘नव घर उठ्य, पुरान घर…?’ शीर्षकमा “बगीया”नाटक बाट नाटक लरखन प्रारंभ गर्नुभएको  वरिष्ठ नाटककार ,लेखक /निर्देशक रमेश रञ्जनको सहजीकरणमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, नेकपा (एमाले)का नेता योगेश भट्टराई, नेकपा (एकीकृत समाजवादी)की नेत्री रामकुमारी झाँक्री, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम र पूर्वराजदूत विजयकान्त लाल कर्ण सांस्कृतिक बहसमा सहभागी थिए ।
त्यससँगै आज शुक्रबार दोस्रो दिन पनि विभिन्न करिक्रम प्रस्तुति हुदै छ।
तत्कालीन जिल्ला विकास समिति धनुषाको निर्वाचित जनप्रतिनिधिले २०५८ सालमा स्थापना गरेको कोषले प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना गर्दै आएको महोत्सव २०७३ सालदेखि निरन्तर भइरहेको छ । जनकपुरमाधाममा यो चौथो ‘जनकपुर साहित्य कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव’हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *