आज माघे संक्रान्ति पर्व देशभर विभिन्न समुदायले फरक फरक कार्यक्रम गरेर मनाएका छन् ।

मधेस लगायत जनकपुरधाम र  राजधानीको टुँडिखेलमा पनि भव्यताकासाथ माघे सङ्क्रान्ति पर्व मनाइएको छ । नेपालमा बसोबास गर्ने विभिन्न जातजातिले आ–आफ्नो संस्कृतिअनुसार माघे संक्रान्ति मनाउने गर्छन् ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ भने माघ १ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छ ।
धर्मसिन्धुमा माघे सङ्क्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने मान्यता छ ।

सूर्य उत्तरायण हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *