महोत्तरीमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु

महोत्तरीको गौशाला नगरपालिकास्थित गौशाला सम्सी सडक खण्डमा आज दिउँसो बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । गौशालाबाट बर्दिबासतर्फ आउँदै गरेको बा३ख २३९६ नम्बरको बस र मधेश प्रदेश ०१—००४प ६८१९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । मृतक तीनै […]

मधेशमा आज जुडशीतल मनाइँदै

मिथिलासहित मधेशमा हर्षोल्लासका साथ आज जुडशीतल पर्व मनाइँदै छ । प्रत्येक वर्षको वैशाख २ गतेका दिन बिहानैदेखि गाउँगाउँमा आफूभन्दा सानाको शिरमा(टाउको)  जल थपथपाएर आर्शीवाद दिने गरिन्छ । बुबाआमा, गुरु, मान्यजन एवम् ज्येष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल राखेर जल सिंचित गरी आर्शीवाद दिँदै पर्व मनाउने चलन छ । वर्षभरि शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवम् […]

नयाँ वर्षको पहिलो दिन, फुलवारी मेला भव्यताका साथ सम्पन्न ।

शुक्रबार नयाँ वर्षको (२०८०)पहिलो दिन, फुलवारी मेला भव्यताका साथ सम्पन्न भएको छ । बर्षमा १ दिन मात्र फुल्ने फुल सहलेस फुलवारी मेलाको चहलपहल शुक्रबार विहानै देखि सुरु भएको थियो । सिरहा जिल्ला लहान नगरपालिकाको मुख्य चोकदेखि तीन किलोमिट पश्चिममा पर्ने (पहिलेको पडरिया र शिश्वनी गाविस अहिले लहान ११ र लहान २२ पर्ने) सलहेश फूलवारीमा ठिक […]

धनुषाले जित्यो मेयरकप २०७९ को उपाधि

जनकपुरधाम मेयरकप टि २० क्रिकेट प्रतियोगिता २०७९ को उपाधी धनुषाको जनकपुरधाम टिमले जितेको छ । बारालाई पाँच विकेटले पराजित गर्दै धनुषा टिमले उपाधि जित्न सफल भएको हो । टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको बारा टिम निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतीमा १ सय १४ रनको योगफल तयार गरेको थियो । धनुषा टिमले […]

महोत्तरीमा ठेकेदारले मजदुरलाई बिजुलीको पोलमा बाँधेर कुटपीट

महोत्तरीको लोहारपट्टी नगरपालिकामा एकजना मजदुरमाथि अमानवीय व्यवहार गरेको घटना बाहिरिएको छ। काम गरेको ज्याला माग्दा लोहारपट्टी नगरपालिका-६ का निर्माण व्यवसायी कृष्ण मिश्रले कुटपिट गदै स्थानीय मोबारक नदाफमाथि दुर्व्यवहार गरेका हुन्। महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दीलिपकुमार गिरीका अनुसार गत चैत २३ गते बिहान नदाफलाई ज्यालाका लागि बोलाएर चोरी गरेको भन्दै विद्युत पोलमा पाता कसेर मिश्रले नदाफलाई […]

उपचुनाव हुने तीन जिल्लामा आजदेखि आचारसंहिता लागू

आउँदो वैशाख १० गते उपचुनावका लागि चितवन, बारा र तनहुँमा आजदेखि आचारसंहिता लागू भएको छ । सरकारका मन्त्री, संवैधानिक निकायका पदाधिकारी, कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, उनीहरुका भ्रातृ सङ्गठन, सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मी, शिक्षक लगायतलाई आचारसंहिता लाग्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले आचारसंहिता प्रभावकारी कार्यान्वयन गर्न/गराउन […]

जनकपुरधाम–जयनगर चल्ने रेलको नयाँ समय तालिका सार्वजनिक

नेपालको एकमात्र कुर्था–जनकपुरधाम–जयनगर ब्रोडगेज रेल्वेको चल्ने समय फेरिने भएको छ । यात्रुहरूको सुविधालाई ध्यानमा राखी बिहानको प्रथम सेवा कुर्थाबाट जयनगरतर्फ खुल्ने गरी वैशाख १ गतेदेखि नयाँ समय तालिका सार्वजनिक गरिएको छ । अब कुर्था–जनकपुरधाम–जयनगर रेल्वे अप एण्ड डाउन गरेर दैनिक चारपटक सञ्चालन हुनेछ । जसअनुसार बिहान सवा ७ बजे कुर्थाबाट छुटेर बिहान सवा ९ बजे […]