भारतको जयनगर–जनकपुरधाम रेल्वे ट्रयाकको स्पिड परीक्षण र सर्टिफिकेसन सम्पन्न

जानकी खबर। असार ३, जनकपुरधाम ।भारतको जयनगर–जनकपुरधाम (कुर्था) रेल्वे ट्रयाकको स्पिड परीक्षण र सर्टिफिकेसन गर्ने कार्य सम्पन्न भएको छ । आईतवार विहान जयनगरबाट आएको भारतीय रेल्वेले जनकपुरधामको कुर्था स्थित मुख्य स्टेशन सम्म स्पिड परीक्षण र सर्टिफिकेसन गर्ने कार्य गरेको हो । भारतीय कोकर्ण कम्पनीका प्रतिनिधी तथा नेपालका महाप्रवन्धक गुरु भटराईले संयुक्तरुपमा निरिक्षण पश्चात जनकपुरधामको कुर्था […]

प्रदेश २ को प्रमुख अहिराजले प्रदेश सरकारको नव नियुक्त मन्त्रीलाई सनिवार गराए पद तथा गोपनियताको सपथ ग्रहण

जानकी खबर। असार २, जनकपुरधाम । प्रदेश २ को प्रदेश प्रमुख राजेश झा अहिराजले प्रदेश सरकारको नव नियुक्त मन्त्रीलाई सनिवार पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको छ ।मुख्यमन्त्री लालबाबु राउतले आजै नियुक्त गर्नु भएको आन्तरिक मामिला तथा संचार मन्त्री मन्त्री भरत प्रसाद साहलाई प्रदेश प्रमुख झाले मधेश भवनमा आयोजित सपथ ग्रहण समारोहमा सपथ ग्रहण […]

प्रदेश २ को मन्त्रिपरिषद् विस्तार आज शनिबार हुँदै

जानकी खबर ।२ साउन, जनकपुरधाम । जनकपुरधाम । प्रदेश २ को मन्त्रिपरिषद् विस्तार आज शनिबार हुँदै छ । मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । नेकपा (माओवादी केन्द्र) पनि सरकारमा सहभागी हुने भएपछि मुख्यमन्त्री राउत मन्त्रिपरिषद् विस्तार गर्न लागेको हो। माओवादीले सरकारमा सहभागी हुने मन्त्री चयन गरिसकेको छ । शुक्रबार बसेको संसदीय दलको […]

७७ किलो गाँजासहित सर्लाहीबाट एकजना पक्राउ

जानकी खबर । साउन १,सर्लाहीसर्लाहीमा ७७ किलो गाँजासहित एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, मलगंवाका अनुसार हरिवन नगरपालिका वडा नम्बर २ स्थित अत्रौली खोला नजिकबाट स्थानीय अशोक कुमार लामालाई गाँजासहित पक्राउ गरिएको छ । बा.५२ १९३२ नम्बरको मोटरसाइकलमा सबार लामालाई गाँजासहित नियन्त्रणमा लिइएको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए […]

लिफ्ट दिने नाममा १९ वर्षकी महिलालाई बन्धक बनाएर बलात्कार गरेको दुई जना ट्रक चालक पक्राउ

जानकी खबर । १ साउन,वीरगञ्ज । लिफ्ट दिने नाममा १९ वर्षकी महिलालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा दुई जना ट्रक चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालका अनुसार वीरगञ्ज–२१ बस्ने सुनील महतो र पोखरिया नगरापलिका– ६ बस्ने २५ वर्षीय शिवबालक महतो पक्राउ परेका हुन् । दुबै […]

प्रदेश २ लोक सेवा आयोगले ठुलो संख्यामा निकाले विज्ञापन

जानकी खबर ।असार ३१, जनकपुरधाम । प्रदेश २ लोक सेवा आयोगले ठुलो संख्यामा विज्ञापन निकालेको छ । आयोगले अधिकृत स्तर प्राविधिक र अप्राविधिकको लागि ठुलो संख्यामा विज्ञापन निकालदै प्रदेश निजामती सेवाले खुला प्रतिस्पर्धा तथा बढुवामार्फत रिक्त पदपूर्ति गर्न प्राविधिक तथा अप्राविधिक अधिकृतको विज्ञापन गरेको हो । अधिकृत सातौँ तह (प्राविधिक), अधिकृत एघारौँ र नवौँ तह […]