मुख्यमन्त्री यादव एक्सनमा, एक दिन नबित्दै अभियानीले तोडे आमरण अनसन

भुमिहीन दलित, सुकुम्बासीहरुको भुमि अधिकारका निम्ति र चुरे वन जंगल संरक्षण सम्बद्र्धनसहितको माग लिएर हिजो दिउँसोदेखि आमरण अनसनमा बस्नुभएका सुनिल यादवले अनसन तोड्नुभएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले आज बिहान उहाँलाई जुस खुवाएर अनसन तोड्न लगाएका हुन् । मुख्यमन्त्री यादवले एक साताभित्र एक समिति गठन गरेर प्रदेश सरकारले सक्ने जति गर्ने तथा केन्द्र सरकारसँग सरोकार […]
६ बुँदे मागसहित आमरण अनशनमा बसे चुरे अभियानका संयोजक यादव

चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल यादव ६ बुँदे मागसहित आमरण अनशनमा बसेका छन् । चुरे अभियानीहरु विगत ३७ दिनदेखि जनकपुरधामको जनकचोकमा रिले अनसन बस्दै आएकोमा कुनैपनि निकायले सुनुवाई नगर्दा संयोजक यादवले शुक्रबारदेखि आमरण अनशन सुरु गरेका हुन् । तीनवटै तहमहध्ये कुनै तहको सरकारले अहिलेसम्म आफूहरुको मागप्रति चासो नदेखाउँदा बाध्य भएर आमरण अनशनमा […]
मधेश प्रदेशको सात मन्त्रालयको नाम परिवर्तन

मधेश प्रदेश सरकारले मन्त्रालयहरुको नाम हेरफेर तथा समायोजन गरेको छ । मन्त्रिपरिषद्को निर्णयले प्रदेश सरकार (कार्यविभाजन) नियमावली २०७९ स्वीकृत गरी मन्त्रालयहरुको कार्यविभाजन र नाम हेरफेर गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार जनाएको छ । मधेश प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ११ वटा मन्त्रालयलाई नै कायम राखिएको छ । जसमध्ये सात वटा मन्त्रालयको नाम संशोधन गरिएको […]
चैती छठ आज उदाउँदो सूर्यलाई अर्घ दिइ सम्पन्न

चैती छठ पर्वआज उदाउँदो सूर्यलाई अर्घ दिइ सम्पन्न भएको छ ।श्रद्धालुहरु छठ घाटमा सोमबार साँझ र मंगलबार उदाउँदो सूर्यलाई अर्घ अर्पण गरी छठ सम्पन्न हुनेछ । विगतको वर्षभन्दा यसवर्ष चैती छठको उल्लास बढी देखिएको छ । छठ घाटमा सामग्रीहरुसहित पुगेका श्रद्धालुहरुको भीड लागेको छ । जनकपुरधामको गंगासागरमा श्रद्धालुभक्तजनको विशेष रौनक देखिएको थियो । साझ झिलिमिलि […]
राष्ट्रपति पौडेल गोरखामा केहि तस्बिर

गोरखा । राष्ट्रपति रामचन्द्र पौडेलले गोरखा दरवारमा रहेको कालिका र गोरखनाथको दर्शन गरेका छन् । आइतबार बिहान १० बजे नेपाली सेनाको हेलिकप्टर मार्फत उनी गोरखा दरबार पुगेका थिए । करिव आधा घण्टा पुजापाठ गरेर हेलिकप्टरमार्फत उनी गोरखा संग्रहालय परिसरमा झरेका थिए । संग्रहालय मूल गेट अगाडि ठूलोआँगनका रहेको पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गरे ।
बसन्त कुँवरलाई आइजिपी बनाउने मन्त्रिपरिषदको निर्णय

नेपाल प्रहरीको ३० औं महानिरीक्षकमा बसन्तबहादुर कुँवर नियुक्त भएका छन्। केही दिनअघि प्रहरी अतिरिक्त महानिरीक्षक बनेका कुँवरलाई वरीयता र कार्यक्षमताका आधारमा महानिरीक्षक बनाउने निर्णय भएको एक मन्त्रीले सेतोपाटीलाई जानकारी दिए। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले एआइजी कुँवरलाई आइजिपीमा बढुवा गर्ने निर्णय गरेको हो। पाँच जना एआइजीमध्येबाट सरकारले पहिलो वरीयतामा रहेका कुँवरलाई आइजिपी बनाएको हो। आइजिपी धिरजप्रताप सिंह उमेर हदका कारण आजदेखि नियमित […]
मुख्यमन्त्री यादवद्वारा स्टेडियम निर्माण स्थल निरीक्षण

मुख्यमन्त्री सरोज कुमार यादवले खेलकूद पूर्वाधारमा मधेश प्रदेशलाई देशकै नमूना बनाउने घोषणा गर्नुभएको छ । आज बिहान जनकपुरधाम–१४ स्थित रामजानकी अन्तराष्ट्रिय स्टेडियम(रंगशाला) निर्माणस्थलको निरीक्षण गर्नुहुँदै मुख्यमन्त्री यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहयोग गर्नुभएको एक अर्व रुपैयाँ स्टेडियम निर्माणमा खर्च गरिने जानकारी दिनुभयो । ‘म भन्दा पहिलेको मधेश सरकारले धर्मशाला बनाउने प्रयास गरेको थियो, त्यो पनि […]
सिरहाको चोहर्वामा आइतबार जनमत पार्टीको पार्टी प्रवेश करिक्रम सम्पन्न ।केहि दृश्य
उपचुनावका लागि दल दर्ताको आह्वान : भोलिदेखि आइतवारसम्म दल दर्ता गर्न सकिने

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य उपचुनावका लागि दल दर्ताको आह्वान गरेको छ । आयोगले संविधानको धारा २७१ बमोजिम वैशाख १० गते हुने उपचुनावका लागि आज दल दर्ताको सूचना निकालेको हो । उपचुनावमा भाग लिन चाहने दलले भोलिदेखि यही १२ गते आइतरवारसम्म आयोगमा दल दर्ता गर्न सक्नेछन् । चैत ५ गतेसम्म आयोगमा दर्ता कायम भएका दलले उपचुनावमा […]
राराब क्याम्पसमा नेविसंघ विजयी

जनकपुरधामको रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघका मनिस कुमार यादव सभापतिमा निर्वाचित भएका छन । सभापतिमा यादवले १ हजार १४८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक विद्यार्थी संघका उम्मेदवार प्रशान्त झाले ७१५ मत प्राप्त गरेका छन् । सचिवमा लोकतान्त्रिक विद्यार्थी संघका करण साहले ९२६ मत ल्याएर […]
