उपचुनावको मौन अवधि आज रातिदेखिसुरु हुँदै, कुनै पनि प्रचारप्रसार गर्न नपाइने

आउँदो आइतवार उपचुनाव हुने क्षेत्रमा आज रातिदेखि मौन अवधि सुरु हुँदैछ । प्रतिनिधि सभा अन्तर्गत बारा–२, चितवन–२ र तनहुँ–१ मा आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिमा कुनै पनि प्रचारप्रसार गर्न पाइँदैन । यस्तै, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका आ–आफ्ना […]

आज सूर्य ग्रहण लाग्दै

काठमाडौं । आज सूर्य ग्रहण लाग्दै छ ।यो ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहण बिहान ७ बजेर ४० मिनेट देखि १२ बजेर २९ मिनेटसम्म सम्म लाग्नेछ । समग्रमा, सूर्य ग्रहणको अवधि साढे पाँच घण्टा छ। यस पटक कङ्कनकृति सूर्यग्रहण हुनेछ। यो सूर्यग्रहण नेपालमा देखिने छैन, […]

आउँदो आर्थिक वर्षका लागि पाँच लाख मेट्रिक टन रासायनिक मल खरिद गरिने

कृषि सामग्री कम्पनी लिमिटेडले आउँदो आर्थिक वर्षका लागि पाँच लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने भएको छ । लिमिटेडका कायम मुकायम प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलका अनुसार आउँदो आर्थिक वर्षमा पाँच लाख मेट्रिक टन रासायनिक मल ल्याउनका लागि समयमा बजेट विनियोजन गर्न सम्बन्धित निकायसँगको छलफलपछि निर्णय भएको छ । बजेट समयमा विनियोजन नहुँदा हरेक वर्ष […]

प्रधानमन्त्री प्रचण्डले बोलाए संवैधानिक परिषदको बैठक

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठक बोलाएका छन् । शुक्रबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएको उनको सचिवालय स्रोतले जनाएको छ । यो बैठकले प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने तयारी रहेको स्रोतको भनाइ छ । चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि प्रधानन्यायाधीश पद रिक्त छ । हाल कायममुकायम प्रधानन्यायाधीश […]

उपनिर्वाचनमा सेना परिचालन गरिने

रिक्त प्रतिनिधिसभा सदस्यको पूर्तिको लागि  वैशाख १० गते हुने उपनिर्वाचनमा नेपाली सेना परिचालन गरिने भएको छ । निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउन सेना खटाउन लागिएको  हो। उपनिर्वाचनमा सेना परिचालनको लागि राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिनुभएको छ । उपनिर्वाचनमा सेना परिचालनको लागि राष्ट्रपतिले स्वीकृत दिनुभएको शीतल निवासले जनाएको छ । ‘एकीकृत सुरक्षा कार्य योजना, २०७९ […]

आठौं पटक मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्री साउदले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । परराष्ट्रमन्त्रीमा एनपी साउदलाई नियुक्त गर्दै प्रचण्डले आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।  साउदले आजै पद तथा गोपनियताको शपथ लिएका छन् । सत्तारुढ गठबन्धनमा १० वैशाखको उपचुनावपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी भएको थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावित […]

प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आइतबार परराष्ट्रमन्त्रीमा नायणप्रकाश साउद र भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा नन्दा चपाईंलाई नियुक्त गरिएको हो । उनीहरुले आइतबार नै पद तथा गोपनियताको शपथ लिएका छन् । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलाई मध्यनजर गर्दै परराष्ट्रमन्त्री नियुक्त गरिएको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले वैशाखको तेस्रो साता भारत भ्रमण गर्ने […]

परराष्ट्रमन्त्रीमा एनपी साउद, आज शपथ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् । उनले आइतबार पद तथा गोपनीयताको शपथ लिने तय भएको छ । सत्तारुढ गठबन्धनमा १० वैशाखको उपचुनावपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी भएको थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावित भारत भ्रमणको तयारीका लागि तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्न लागिएको हो । नेपाली […]