महोत्तरीको मठिहानीमा भीषण आगलागी, १०० घर जले

जनकपुरधाम । महोत्तरीको मठिहानी नगरपालिका- ६ मा भीषण आगलागी भएको छ ।मदरसा टोलमा बुधबार दिउँसो १ बजे सल्केको आगोबाट अहिलेसम्म १०० भन्दा बढी घर जलेर नष्ट भएको छ ।त्यहाँ १० वटा बारुणयन्त्र, ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन भएको छ ।आगो नियन्त्रणको प्रयास भइरहेको महोत्तरीका डीएसपी सन्तुलाल जयसवारले बताए ।
कतारका राजाको सम्मानमा रात्रिभोज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीको सम्मानमा रात्रिभोजको आयोजना गरेका छन् ।होटल सोल्टीमा आयोजना गरिएको रात्रिभोजमा नेपाली परम्परागत झाँकी समेत प्रस्तुत गरिएको छ ।रात्रिभोजमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश, पूर्व प्रधानमन्त्रीहरू, निजी क्षेत्रका प्रतिनिधि लगायतको उपस्थिति छ ।राष्ट्रपति […]
शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका राजाबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको छ ।अपराह्न भएको दुई राष्ट्रप्रमुखबीचको भेटमा नेपाल र कतारबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल हुनुका साथै दुबै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत तुल्याउने विषयमा पनि विस्तृत कुराकानी भएको राष्ट्रपति कार्यालयकी […]
कतारका राजा अमिर शेख नेपालमा

११ वैशाख, काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं अवतरण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा उनी दिउँसो ३ः३५ मा बंगलादेशबाट विशेष विमानमार्फत काठमाडौं आइपुगेका हुन् । अमिर अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यले स्वागत गरेका छन् । परराष्ट्र […]
मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

धनुषा —मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । चौथो पटक विश्वासको मत लिएपछि मुख्यमन्त्री यादवले तीन मन्त्री र एक राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नवनियुक्त मन्त्रीहरुमा भरतप्रसाद साह बिनाविभागीय, युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन, बेची लुङ्गेलीलाई बिनाविभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ । शारदा थापालाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको […]
आज राम नवमी, भगवान् श्रीरामको पूजा आराधना गरी मनाइँदै

चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व बुधबार श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ ।त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौ शल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उहाँको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट […]
बैशाख १ गते मात्रै फुल्ने सिरहाको सल्हेश फूल र यसकाे महत्व

वर्षमा एक दिन प्रत्येक बैशाख १ मा मात्रै फुल्ने सल्हेशकाे फूलबारी पूर्व-पश्चिम लोकमार्गअन्तर्गत सिरहाको लहान नगरपालिका-१२ भोटियाटोल चौकदेखि करिब डेढ किलोमिटर दक्षिणमा पर्छ । १० विघा क्षेत्रफलमा फैलिएको याे बगैचामा अनेकौं थरिका बोट विरुवा पाइन्छन ।तीमध्ये हारमको दुई वटा रुख पनि छ। फूलबारीमा रहेको हारम प्रजातिको बोटमा हरेक वर्ष वैशाख १ मा फूल्ने यो फूल […]
जनकपुरधाममा व्हिल चेयर म्याराथन सम्पन्न

जनकपुरधाम/चैत २४ गते। जनकपुरधाममा व्हिल चेयर म्याराथन सम्पन्न भएको छ। न्यु भिजन नेपाल र स्पाइनल इन्जरी संघ मधेस प्रदेशको संयुक्त आयोजनामा मधेस प्रदेशमै पहिलो पटक जनकपुरधाम स्थित माछा पालनको कम्पाउन्डमा सम्पन्न भएको हो । १ किलोमिटरको व्हिल चेयर म्याराथनमा मधेस प्रदेश भरी बाट १५ जना व्हिल चेयर प्रयोगकर्ताहरु सहभागी भएको आयोजकले जनाएको छ। व्हिल चेयर […]
नेपाललाई शान्ति पर्यटन केन्द्र बनाउने ५ बुँदे लुम्बिनी संकल्पपत्र सार्वजनिक

२४ चैत, बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा नेपाललाई शान्ति पर्यटन केन्द्र बनाउने ५ बुँदे लुम्बिनी संकल्पपत्र सार्वजनिक गरिएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमालेका महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतको उपस्थितिमा ध्यान, योग र पूर्वीय चिकित्सा पद्धतिका माध्यमबाट नेपाललाई शान्ति पर्यटन केन्द्रको रूपमा विकास गर्दै देशको समृद्धिमा योगदान पुर्याउने संकल्प गरिएको […]
मन्त्रीहरुले गरेको कामको हरेक दिन प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुपर्ने

काठमाडौं । मन्त्रीहरुले आफूले गरेको कामबारे हरेक दिन प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुपर्ने भएको छ । प्रधनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुले हरेक दिनको कामबारे आफूलाई ब्रिफिङ गर्नुपर्ने बताएका हुन् ।‘सबै मन्त्रीहरुले प्रत्येक दिन गरेको कामको ब्रिफिङ बेलुका प्रधानमन्त्रीलाई गर्नुपर्छ’, राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले भने, यसले सबैलाई […]
