यसै वर्षभित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र बनाइन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ –  प्रधानमन्त्री केपी शर्मा ओलीले विसं. २०८१ भित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र बनाउने अठोट व्यक्त गर्नुभएको छ ।नेपाल बाल सङ्गठनद्वारा ६० औँ राष्ट्रिय बाल दिवसका अवसरमा आज प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले पनि ठुलो सङ्ख्यामा बालबालिकाहरु बेसहारा र अभिभावकबिहीन हुनुका साथै शिक्षा र स्वास्थ्यका अवसरबाट वञ्चित भएको अवस्थामा यस्तो स्थितिलाई बदल्न सरकारले […]

राष्ट्रपति पौडेलले गरे कृष्ण मन्दिरमा पूजाआराधना

पाटन-राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा दर्शन गरी पूजाआराधना गर्नुभएको छ । राष्ट्रपति पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा पाटन दरबारस्थित कृष्णमन्दिर पुगेर भगवान् श्रीकृष्णको पूजाआराधना गरी पुजारीबाट फूल प्रसाद ग्रहण गर्नुभएको हो । यसअघि कृष्णमन्दिर परिसरमा राष्ट्रपति पौडेललाई ललितपुरबाट निर्वाचित सङ्घीय सांसदहरु, बागमती प्रदेशसभा सदस्यहरु, ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, ललितपुर महानगरका कार्यवाहक […]

विकासको लहर ल्याउने गरी ठोस योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनाभित्र विकासको लहर ल्याउने र नयाँ कीर्तिमान राख्ने खालका ठोस योजना ल्याउन निर्देश गर्नुभएको छ । मन्त्रालयहरुको वार्षिक प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयनका साथै सरकारको एक सय दिनभित्र गरिने मुख्य कामबारे आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको प्रस्तुतिपछि सम्बोधन गर्दै उहाँले देश र […]

जनकपुरको आँखा अस्पतालमा धर्ना, सेवा अवरुद्ध

जनकपुरधाम । जानकी आँखा अस्पतालमा भइरहेको आर्थिक अनियमितताको छानविन तथा सुधारको माग गर्दै सर्वपक्षीय अनिश्चितकालिन धर्ना शुुरु भएपछि अस्पतालका सबै सेवाहरू ठप्प भएका छन् ।नेपाल रेडक्रसले सञ्चालन गरेको जानकी आँखा अस्पतालमा व्यापक आर्थिक अनियमितता भएको भन्दै स्थानीयले पटक पटक विरोध गरेपनि व्यवस्थापन पक्षबाट कुनै सुनुवाई नभएपछि विभिन्न राजनीतिक दलसहित,स्थानीय नागरिक समाज, बुद्धिजीवी,नेपाल चिकित्सक संघ आजबाट सर्वपक्षीय धर्नामा […]

साउनको पहिलो साेमवार शिवालयहरु भरिभराउ दर्शनार्थीहरुकाे घुइँचो

जनकपुरधाम/श्रावण ७ गते। आज साउन महिनाको पहिलो साेमवार , साउने साेवार व्रत बसी शिवजीकाे पूजा आराधना गर्ने धार्मिक परम्परा छ । काठमाडौं काे पशुपतिनाथ , जनकपुरधामकाे शिव मन्दिर , कपिलेश्वर महादेव मन्दिर , जलेश्वरकाे शिव मन्दिर , टुटेश्वर महादेव मन्दिर , जनकनन्दिनी काे शिव मन्दिर लगायत मन्दिरहरुमा शर्धापूर्वक पूजापाठ गर्न काे लागी आज बिहानैदेखि दर्शनार्थीकाे घुइँचो […]

प्रधानमन्त्री ओलीले लिए शपथ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदको शपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराए ।कांग्रेसका ८८ सांसदको समर्थनमा शुक्रबार राति ओलीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीको दाबी पेश गरेका थिए । कांग्रेस एमाले गठबन्धनलाई जसपा, जनमत पार्टी, जसपा नेपाल, लोसपा, […]

युरोकप फुटबलः स्पेनलाई चौथो पटक उपाधी

काठमाडौं- स्पेनले चौथोपटक युरो कप २०२४ को उपाधि जितेको छ । बर्लिनमा भएको फाइनलमा इङ्ल्यान्डमाथि २-१ को जित निकाल्दै स्पेनले युरोपेली च्याम्पियनशीपको उपाधि जितेको हो ।दोस्रो हाफको सुरुवातमै स्पेनले गोल गर्दै खेलमा सुरुवाती अग्रता लिएको थियो । लामिन यमालको पासमा निको विलियम्सले पहिलो गोल गरे ।७३औं मिनेटमा इङ्ल्यान्डका लागि कोल पालमरले बराबरी गोल गरे । तीन […]

नारायणीमा थप ४ शव फेला

काठमाडौं । नारायणी नदीमा आइतबार थप चारवटा शव फेला परेका छन् ।जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ गण्डक नहरमा दुई, पश्चिम नवलपरासीको सुस्तामा एक र भरतपुर महानगरपालिका २६ सिसुवामा एउटा शव फेला परेको हो ।शवको सनाखत हुन बाँकी रहेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले जानकारी गराएका छन् ।यसअघि […]

सिरहामा कमला नदीमा फसेका ६ जनाको उद्धार

सिरहा । सिरहामा कमला नदीमा फसेका ६ जनाको उद्धार गरिएको छ । सिरहाको कल्याणपुर नगरपालिका–६ भोक्रहास्थित कमला नदीमा फसेका ४ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।डीएसपी थापाका अनुसार उद्धार गरिएकाहरु सोही ठाउँ बस्ने ५५ वर्षीय मनिया कापर, ५० वर्षीय सेवक साह, ३७ वर्षीय मोहम्द हाकिम र ३५ […]

बाढी, पहिरो र डुबानमा परी आठको मृत्यु, छ बेपत्ता

काठमाडौँ- भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा अहिलेसम्म आठजनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार यो समाचार तयार पार्दासम्म विपद्जन्य घटनामा परेर अन्य छजना बेपत्ता भएका छन् भने सातजना घाइते भएका छन् लगातार पानी परेपछि तराईमा बाढीले बस्ती डुबानमा परेका छन् । जनजीवन प्रभावित भएको छ । पर्साको वीरगन्ज, […]