राराब क्याम्पसमा नेविसंघ विजयी

जनकपुरधामको रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघका मनिस कुमार यादव सभापतिमा निर्वाचित भएका छन । सभापतिमा यादवले १ हजार १४८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक विद्यार्थी संघका उम्मेदवार प्रशान्त झाले ७१५ मत प्राप्त गरेका छन् । सचिवमा लोकतान्त्रिक विद्यार्थी संघका करण साहले ९२६ मत ल्याएर […]

प्रधानमन्त्रीले दोस्रोपटक आज संसदबाट विश्वासको मत लिँदै

प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै हुनुहुन्छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले दोस्रोपटक विश्वासको मत लिन लाग्नुभएको हो । यसअघि प्रधानमन्त्री प्रचण्डले पहिलोपटक पुस २६ गते विश्वासको मत लिनुभएको थियो । त्यतिबेला सरकारमा सहभागी भएका र समर्थन गरेका नेकपा […]

नेपाल संस्कृत विश्वविद्यालय मटिहानीमा भएको चुनावमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका भातृ संगठन लोकतान्त्रिक विद्यार्थी संघको सम्पुर्ण पैनल विजयी

नेपाल संस्कृत विश्वविद्यालय या.ल.ना. विद्यापीठ मटिहानीमा आज भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका भातृ संगठन लोकतान्त्रिक विद्यार्थी संघको सम्पुर्ण पैनल विजयी

लक्ष्मीनियाँ बजारमा सुन-चाँदीको नायाँ पसल “युवराज ज्वेलर्स” आइतबारदेखि सञ्चालनमा

लक्ष्मीनियाँ बजारमा सुन-चाँदीको नायाँ पसल “युवराज ज्वेलर्स” आइतबारदेखि सञ्चालनमा आएको छ। लक्ष्मीनियाँ गाउँपालिका स्थित यश बजारमा आज उद्घाटनमा पुगेका जनमत पार्टी  लक्ष्मीनियाँ गाउँपालिका कार्य कारी अध्यक्ष शिव कुमार यादवलाई सञ्चालक तेजनारायन ठाकुरले चाँदीको जानकी मन्दिर उपहार दिदै सम्मान गरेका गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड: भोलि शतप्रतिशत विश्वासको मत पाउँछु

काठमाडौं, ५ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले भोलि संसद्मा शतप्रतिशत विश्वासको मत पाउने दाबी गरेका छन् । संसद् भवनबाट बाहिरिने क्रममा पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भने,‘पुष २६ गते ९९ भन्दा बढि मत पाएको थिएँ । भोलि एक सय प्रतिशत पाउँछु ।’ प्रधानमन्त्री दाहालले भोलि (सोमबार) दिउँसो १ बजे संसद्मा […]

त्रिभिवन विश्वविद्यालयका क्याम्पसमा आज स्ववियु निर्वाचन

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज हुँदैछ । मतदान बिहान ८ बजेदेखि अपराह्न चार बजेसम्म तोकिएको छ । निर्वाचनलाई लक्षित गरी क्याम्पस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । विभिन्न क्याम्पसहरु जस्तै जनकपुरधाम स्थित रा.रा.ब. क्याम्पसमा पनि निर्वाचन हुदै छ। निर्वाचनलाई लक्षित गरी क्याम्पस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । अध्यक्ष, सचिव र कोषाध्यक्ष […]

राष्ट्रिय एकता प्रवर्द्धन गर्न लाग्‍नेछु :उपराष्ट्रपति यादव

काठमाडौँ — नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुत र प्रवर्द्धन गर्न आफू लाग्ने बताएका छन् । साथै शान्ति प्रक्रियाका बाँकी काम निष्कर्षमा पुर्‍याउन आफ्नो भूमिका रहने बताए । नवनिर्वाचित उपराष्ट्रपतिले आफूलाई उपराष्ट्रपतिमा जिताउन भूमिका खेल्ने जनता र सांसदहरुप्रति धन्यवाद प्रकट गरेका थिए ।

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

जनता समाजवादी पार्टी (जसपा) का नेता रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । आज शुक्रवार भएको उपराष्ट्रपतिको चुनावमा यादव बहुमत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । यादवले ३० हजार तीन सय २८ मतभार प्राप्त गर्नुभयो । उहाँले सङ्घीय संसद्तर्फ १४ हजार पाँच सय ३६ र प्रदेश सभातर्फ १५ हजार सात सय ९२ मतभार पाउनुभएको छ […]

आज उपराष्ट्रपति निर्वाचन, आजै परिणाम

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा उपराष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो । बिहान १० बजेदेखि ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने र साँझ ६ बजेभित्र निर्वाचन परिणाम सार्वजनिक […]