वैशाख १ गतेदेखि गुट्खा, खैनी र चुरोट निषेध

विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले नयाँवर्षको वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा धुमपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायतको सेवन गर्न निषेध गर्ने भएको छ। गत पुस २७ गते बसेको नगरसभाको निर्णयानुसार महानगर क्षेत्रभित्र ध्रुमपानदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए। ध्वनि प्रदूषण नियन्त्रण गर्ने […]
सामाजिक सुरक्षामा सहभागी हुन साउदीमा कार्यरत नेपालीलाई आग्रह

सामाजिक सुरक्षा योजनामा सहभागी हुन साउदीमा कार्यरत नेपालीलाई रियादस्थित नेपाली दूतावासले आग्रह गरेको छ । नेपाल सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई समेत सामाजिक सुरक्षा योजनामा अनिवार्य सहभागिता गराउने निर्णय भए बमोजिम सामाजिक सुरक्षा कोषमा आबद्धता गराउने कार्य सुरु भइसकेको दूतावासले जनाएको छ । दूतावासले साउदीमा रहेका नेपाली नागरिकहरूलाई पनि यस योजनामा सहभागिता जनाउन अनुरोध […]
सङ्क्रमण बढेसँगै खोप लगाउन मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ। मन्त्रालयले दैनिक रुपमा सङ्क्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सङ्क्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गरेका छन्। शून्यमा झरेको कोरोना भाइरसको सङ्क्रमण अहिले दैनिक बढिरहेको छ। हिजो मात्र […]
रास्वपाको चुनावी यात्रा जारी केहि दृश्य
उपचुनाव हुने तीन जिल्लामा आजदेखि आचारसंहिता लागू

आउँदो वैशाख १० गते उपचुनावका लागि चितवन, बारा र तनहुँमा आजदेखि आचारसंहिता लागू भएको छ । सरकारका मन्त्री, संवैधानिक निकायका पदाधिकारी, कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, उनीहरुका भ्रातृ सङ्गठन, सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मी, शिक्षक लगायतलाई आचारसंहिता लाग्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले आचारसंहिता प्रभावकारी कार्यान्वयन गर्न/गराउन […]
जनकपुरधाम–जयनगर चल्ने रेलको नयाँ समय तालिका सार्वजनिक

नेपालको एकमात्र कुर्था–जनकपुरधाम–जयनगर ब्रोडगेज रेल्वेको चल्ने समय फेरिने भएको छ । यात्रुहरूको सुविधालाई ध्यानमा राखी बिहानको प्रथम सेवा कुर्थाबाट जयनगरतर्फ खुल्ने गरी वैशाख १ गतेदेखि नयाँ समय तालिका सार्वजनिक गरिएको छ । अब कुर्था–जनकपुरधाम–जयनगर रेल्वे अप एण्ड डाउन गरेर दैनिक चारपटक सञ्चालन हुनेछ । जसअनुसार बिहान सवा ७ बजे कुर्थाबाट छुटेर बिहान सवा ९ बजे […]
उपचुनाव : उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदै, चुनाव चिह्न पनि आजै दिइने

आगामी वैशाख १० गते हुने उपचुनावका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदैछ । निर्वाचन आयोगका अनुसार दिउँसो ३ बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले चुनाव चिह्न पाउनेछन् । त्यस अघि उम्मेदवारी फिर्ता लिन इच्छुकलाई बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय दिइएको छ । यो समयमा उम्मेदवारी […]
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो

मधेश प्रदेश सरकारबाट एमाले बाहिरिएको छ । मधेश सरकारमा रहेका ४ मन्त्री र एक राज्यमन्त्रीले मंगलबार राजीनामा दिएका छन । एमालेका भोतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादव, कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्री राजकुमार लेखी, गृह तथा सञ्चार मन्त्री शत्रुभन प्रसाद सिंह, महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री मोहम्मद जैद आलम र राज्यमन्त्री […]
नेपालमा पनि ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ पुष्टि

नेपालमा पनि ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ पुष्टि भएको छ । छिमेकी देश भारतमा फैलिएको नयाँ भेरियन्ट नेपालमा पनि पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर अधिकारीले जानकारी दिनुभयो । चैत महिनामा कोरोना पुष्टि भएकामध्ये २४ जनामा गरिएको परीक्षणमा १० जनामा नयाँ भेरियन्ट पुष्टि भएको उहाँले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार कोभिड–१९ मा हुने […]
जनकपुरधाममा हिन्दु मुस्लिम समुदायले निकाले सद्भाव र्याली

जनकपुरधाममा सद्भाव र्याली निकालिएको छ । हिन्दु र मुस्लिम समूदायका अगुवाहरुले सोमबार धार्मिक सद्भाव र्याली निकालेका छन् । पूर्व निर्धारित कार्यक्रम अनुसार सद्भाव र्याली जानकी मन्दिर प्राङगनबाट शुरु भइ जनकपुरधामको विभिन्न भागको परिक्रमा गर्दै जानकी मन्दिरमै आएर सम्पन्न भएको थियो । सो र्यालीमा हिन्दु र मुस्लिम समूदायका गुरु, अगुवा, समाजसेवी, सर्वसाधारण र धनुषा जिल्लाका विशिष्ट व्यक्तिहरुको […]
