उपनिर्वाचनमा सेना परिचालन गरिने

रिक्त प्रतिनिधिसभा सदस्यको पूर्तिको लागि  वैशाख १० गते हुने उपनिर्वाचनमा नेपाली सेना परिचालन गरिने भएको छ । निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउन सेना खटाउन लागिएको  हो। उपनिर्वाचनमा सेना परिचालनको लागि राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिनुभएको छ । उपनिर्वाचनमा सेना परिचालनको लागि राष्ट्रपतिले स्वीकृत दिनुभएको शीतल निवासले जनाएको छ । ‘एकीकृत सुरक्षा कार्य योजना, २०७९ […]

प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आइतबार परराष्ट्रमन्त्रीमा नायणप्रकाश साउद र भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा नन्दा चपाईंलाई नियुक्त गरिएको हो । उनीहरुले आइतबार नै पद तथा गोपनियताको शपथ लिएका छन् । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलाई मध्यनजर गर्दै परराष्ट्रमन्त्री नियुक्त गरिएको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले वैशाखको तेस्रो साता भारत भ्रमण गर्ने […]

मधेशमा आज जुडशीतल मनाइँदै

मिथिलासहित मधेशमा हर्षोल्लासका साथ आज जुडशीतल पर्व मनाइँदै छ । प्रत्येक वर्षको वैशाख २ गतेका दिन बिहानैदेखि गाउँगाउँमा आफूभन्दा सानाको शिरमा(टाउको)  जल थपथपाएर आर्शीवाद दिने गरिन्छ । बुबाआमा, गुरु, मान्यजन एवम् ज्येष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल राखेर जल सिंचित गरी आर्शीवाद दिँदै पर्व मनाउने चलन छ । वर्षभरि शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवम् […]

नयाँ वर्षको पहिलो दिन, फुलवारी मेला भव्यताका साथ सम्पन्न ।

शुक्रबार नयाँ वर्षको (२०८०)पहिलो दिन, फुलवारी मेला भव्यताका साथ सम्पन्न भएको छ । बर्षमा १ दिन मात्र फुल्ने फुल सहलेस फुलवारी मेलाको चहलपहल शुक्रबार विहानै देखि सुरु भएको थियो । सिरहा जिल्ला लहान नगरपालिकाको मुख्य चोकदेखि तीन किलोमिट पश्चिममा पर्ने (पहिलेको पडरिया र शिश्वनी गाविस अहिले लहान ११ र लहान २२ पर्ने) सलहेश फूलवारीमा ठिक […]

धनुषाले जित्यो मेयरकप २०७९ को उपाधि

जनकपुरधाम मेयरकप टि २० क्रिकेट प्रतियोगिता २०७९ को उपाधी धनुषाको जनकपुरधाम टिमले जितेको छ । बारालाई पाँच विकेटले पराजित गर्दै धनुषा टिमले उपाधि जित्न सफल भएको हो । टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको बारा टिम निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतीमा १ सय १४ रनको योगफल तयार गरेको थियो । धनुषा टिमले […]

आज नयाँ वर्ष, हर्षाेल्लासकासाथ एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदै

आज विक्रम सम्वत् २०८० साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो ।   नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षाेल्लासका साथ एकआपसमा शुभकामना […]

एसइई परीक्षा सम्पन्न, नतिजा असारको तेस्रो साता आउने

जनकपुरधामा !  यस वर्षको एसइई परीक्षाको नतिजा असार तेस्रो साता सार्वजनिक गरिने भएको छ । परीक्षा नियन्त्रक बिष्णु बहादुर श्रेष्ठले असार तेस्रो सातासम्म नतिजा सार्वजनिक गर्ने गरि कार्य योजना तयार पारेको बताउनुभयो । कुनै समस्या नआए असार दोस्रो सातामा पनि सार्वजनिक गर्न सकिने उहाँले बताउनु भयो । यहीँ चैत १७ गतेबाट देशभर सुरु भएको परीक्षा […]

महोत्तरीमा ठेकेदारले मजदुरलाई बिजुलीको पोलमा बाँधेर कुटपीट

महोत्तरीको लोहारपट्टी नगरपालिकामा एकजना मजदुरमाथि अमानवीय व्यवहार गरेको घटना बाहिरिएको छ। काम गरेको ज्याला माग्दा लोहारपट्टी नगरपालिका-६ का निर्माण व्यवसायी कृष्ण मिश्रले कुटपिट गदै स्थानीय मोबारक नदाफमाथि दुर्व्यवहार गरेका हुन्। महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दीलिपकुमार गिरीका अनुसार गत चैत २३ गते बिहान नदाफलाई ज्यालाका लागि बोलाएर चोरी गरेको भन्दै विद्युत पोलमा पाता कसेर मिश्रले नदाफलाई […]

सिन्धुलीमा भारतीय नम्बर प्लेटकाे कार दुर्घटना हुँदा ४ जनाकाे ज्यान गयाे

बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ मा पर्ने गढी गेट नजिक भारतीय नम्बर प्लेटकाे कार दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । गएराति साढे १२ बजे फूर्वबाट काठमाण्डौतर्फ जाँदै गरेको बीआर ०६ डिडि ०६८७ नं. भारतीय कार सडकबाट ५ सय फीट तल खसेर दुर्घटना भएको हो । ५ जना सवार कारमा ३ जनाको घटनास्थलमै ज्यान गएको र २ […]