एमबीबीएस प्रवेश परीक्षामा धनुषाका आशिक झा सर्वोत्कृष्ट

जानकी खबर ।२२ साउन, जनकपुरधाम। चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षामा धनुषाका आशिक झा सर्वोत्कृष्ट भएका छन् । आयोगले शुक्रबार सार्वजनिक गरेको नतिजामा आशिकले २ सय पूर्णांकमा १ सय ८६ अंक प्राप्त गरेर सर्वोत्कृष्ट भएका हुन् । उत्कृष्ट भएपछि चिकित्सा शिक्षा अध्ययनका निम्ति सरकारले प्रदान गर्ने पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन् ।एमबीबीएस प्रवेश […]

जनकपुरधाम विमानस्थलको छाना खस्दा धनौजी गाउँपालिका एक युवक गम्भीर घाइते

जानकी खबर ।२२ साउन,जनकपुरधाम ।जनकपुरधाम विमानस्थलको छाना खस्दा एक युवक गम्भीर घाइते भएका छन् । विमानस्थलमा फल सिलिङको लागि प्रयोग हुने सिमेन्ट बोर्ड खस्दा धनुषाको धनौजी गाउँपालिका ५ का ३९ वर्षीय उसलेन खान गम्भीर घाइते भएका हुन् ।  शुक्रबार जनकपुरधाम विमानस्थलको छानामुनी बसिरहेका उसलेनको शरीरमाथि अचानक सिमेन्ट बोर्ड खस्दा उनी गम्भीर घाइते भएका छन् । उनी […]

भुटानले सहयोग गरेको कोभिड १९ विरुद्धको एस्ट्राजेनेकाको ३ लाख डोज खोप काठमाडौं आइपुग्यो

२२ साउन, काठमाडौं । भुटानले पठाएको कोभिड १९ विरुद्धको एस्ट्राजेनेकाको तीन लाख डोज खोप काठमाडौँ आइपुगेको छ । खोप बोकेर थिम्पुस्थित पारो विमानस्थलबाट उडेको ड्रुक एयरको कार्गो विमान शुक्रबार विहान ९ : ४० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेको हो। भुटानबाट एस्ट्राजेनेका खोप आउने भएकोले यो खोप कोभिशिल्डको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन नपाएका […]

जानकी मन्दिरमा बृहत्तरले गरेको १२ करोडको बिद्युतीकरणको प्रदेश सरकारले छानविन गर्ने

जानकी खबर ।२२ साउन , जनकपुरधाम ।जानकी मन्दिरमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले गरेको १२ करोडको बिद्युतीकरणको प्रदेश सरकारले छानविन गर्ने भएको छ । प्रदेश सरकारको पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयको १२ करोड बजेटलाई बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले जानकी मन्दिरमा विद्युतीकरण गरेको छ।जनकपुरधामको जानकी मन्दिर, राममन्दिर, गंगाआरती, स्वर्गद्वार , सप्तरीको छिन्नमस्ता, बारा जिल्लाको […]

भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुले आजदेखि दोस्रो डोज लिदै

जानकी खबर ।२२ साउन, जनकपुरधाम ।कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुले आजदेखि दोस्रो डोज पाउने भएका छन् । भेरोसेलको पहिलो डोज खोप लगाएर २१ दिन पूरा भएकाहरुलाई देशैभर दोस्रो डोज खोप लगाउन लागिएको हो । दोस्रो मात्राको खोप अभियान यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ । असार २९ गतेदेखि ५५ वर्ष वा सो भन्दा […]

आज २२ साउन २०७८ शुक्रवार को राशिफल

जानकी खबर २२,साउन, जनकपुरधाम । मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्र वा आफन्तको सहयोग मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । मिष्ठान्न भोजन प्राप्ति होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) छोटो दुरीको लाभदायक यात्रा रहला । […]

उपेन्द्र यादवको पार्टी एकताको पक्षमा उभिन नेता कार्यकर्तालाई आह्वान

जानकी खबर ।२१ साउन , काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पार्टी एकताको पक्षमा उभिन नेता कार्यकर्तालाई आह्वान गरेका छन् । अध्यक्ष यादवले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टीको पक्षमा रहन र एकतालाई मजबुत बनाउन आह्वान गरेका हुन् ।उनले महन्थ ठाकुर पक्षमा लागेका नेता कार्यकर्तातर्फ संकेत गर्दै भनेका छन्, ‘आधिकारिकता सम्बन्धी निर्णय हुनुपूर्व कुनै […]

गरीबीको रेखामुनि रहेका जनतालाई नि:शुल्क विद्युत दिने :ऊर्जा मन्त्री भुसाल

जानकी खबर ।२१ साउन, काठमाडौं ।ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरीबीको रेखामुनि रहेका जनतालाई नि:शुल्क विद्युत दिने तयारी निष्कर्षमा पुग्न लागेको बताएकी छन् । बिहीबार मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीहरुसँगको छलफलमा मन्त्री भुसालले आफूले गरीबीको रेखामुनि रहेका जनतालाई नि:शुल्क विद्युत उपभोग गर्न दिने गरी तयारी अगाडि बढाएको बताइन् । विद्युतको घरेलु […]

आज साउन २१ गते, बिहीवारको राशिफल 

जनकी खबर । साउन २१साउन, जनकपुरधाम। आज  साउन २१ गते, बिहीवारको राशिफल  २०७८ साउन २१ गते, बिहीवार, ५ अगस्ट २०२१। श्रावण कृष्णपक्ष द्वादशी तिथि, १६ः०२ बजेदेखि त्रयाेदशी। आर्द्रा नक्षत्र। चन्द्रराशि– मिथुन। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। परिश्रमअनुसार […]