मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादवलाई नै निरन्तरता दिने सहमति

५ जेठ, जनकपुरधाम । मधेश प्रदेशमा तत्काल सरकारको नेतृत्व परिर्वतन नहुने भएको छ । शुक्रबार बालुवाटारमा भएको छलफलमा जनता समाजवादी पार्टी (जसपा)का सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति जुटेको हो । सत्तारुढ गठबन्धनका दलहरुले उपचुनावअघि भएको सहमतिअनुसार मुख्यमन्त्री छाड्न दबाव दिएका थिए । नेताहरुका अनुसार १० वैशाखको उपचुनावपछि शीर्ष तहमा भएको छलफलमा जसपाले मुख्यमन्त्री छाड्ने […]
