सत्ता गठबन्धनका पाँच दलको बैठक आज दिउँसो ३ बजे

१९ भदौ, काठमाडौं । सत्ता गठबन्धनका पाँच दलको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । आसन्न चुनावमा सिट भागबण्डामा सहमति खोज्नका लागि पाँच दलको बैठक बस्न लागेको हो ।    आइतबार  प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ ।शीर्ष नेता सहित कार्यदलका सदस्यहरुको संयुक्त बैठक दिउँसो ३ बजे सुरु हुनेछ ।