राष्ट्रिय एकता प्रवर्द्धन गर्न लाग्‍नेछु :उपराष्ट्रपति यादव

काठमाडौँ — नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुत र प्रवर्द्धन गर्न आफू लाग्ने बताएका छन् । साथै शान्ति प्रक्रियाका बाँकी काम निष्कर्षमा पुर्‍याउन आफ्नो भूमिका रहने बताए । नवनिर्वाचित उपराष्ट्रपतिले आफूलाई उपराष्ट्रपतिमा जिताउन भूमिका खेल्ने जनता र सांसदहरुप्रति धन्यवाद प्रकट गरेका थिए ।