राजकीय सम्मानका साथ नेम्वाङकाे अन्त्येष्टि

संविधानसभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएकाे छ । नेम्वाङकाे आज बिहीवार दिउँसाे पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो । नेम्वाङकाे पार्थिव शरीरमा उहाँका जेठाे छाेरा मेङ्साे र कान्छाे छाेरा सुहाङले दागबत्ती दिनुभएकाे थियाे । दागबत्ती दिनुअघि नेपाली सेनाको एक टुकडीले नेम्वाङप्रति सलामी अर्पण गरेको थियो । नेम्वाङकाे पार्थिव शरीरमा प्रधानमन्त्री […]